काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्।
उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडि बढौँ। हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठीक हो। व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठीक हो। नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरूमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ। अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन।’
आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नहुने उनको भनाइ छ।













प्रतिक्रिया