आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन « Khabarhub

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मंगलाबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाकी अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिइन् ।

‘अवार्ड कार्यक्रम नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चमा अभियानमा जोड्ने अभियान हो, दिगो पर्यटनबिना हिमाल बचाउन सकिँदैन, हिमाल नरहने हो भने नेपालका पर्यटनको पहिचान पनि रहँदैन’, उनले भनिन् ।

गत वर्ष आयोजना गरिएको पहिलो अवार्ड कार्यक्रम सफल भएपछि यस वर्ष पनि निरन्तरता दिइएको उनको भनाइ थियो । उनका अनुसार गत वर्ष पर्यटन क्षेत्र विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख सल्लाहकार नामगेल शेर्पाले पर्वतारोही, आइसफल डाक्टर, मजदुर, पत्रकार, समाजसेवी, अनुसन्धानकर्तालगायतलाई सो अवसरमा सम्मान गरिने बताए । यसका लागि निर्णायक मण्डल गठन गरिएकोसमेत उनको भनाइ थियो । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न व्यक्तिहरूको उपस्थिति रहने उनको भनाइ थियो ।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले विश्व शान्ति सम्मेलनबारे जानकारी दिँदै त्यस अवसरमा जलवायु सङ्कटबाट परेको असरबारे आवाज उठान गरिने बताए ।

सल्लाहकार महेश किरातीले पहिलो पटक सगरमाथा आरोहण भएको दिनको सम्झनामा दुवै कार्यक्रम आयोजना गरिएको बताए । उक्त दिन पर्वतारोहणका लागि ऐतिहासिक दिन मात्रै नभइ नेपाली गौरव, मानव साहासको सुरुआत पनि भएको उनले बताए ।

सन् १९५३  मे २९ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका थिए । सोही दिनको सम्झनामा उक्त दिवस मनाइँदै आइएको छ । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : १५ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ