एक किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ « Khabarhub

एक किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ४२ वर्षीय यूसुफ हारोन रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याई भन्सार छलि लैजान लागेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : २५ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी