कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएपछि... | Khabarhub Khabarhub

कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएपछि…


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएकी छन् । बहस कार्यक्रममा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रद्द गरिएको छ । पार्टी नेतृत्वका लागि ऋषि सुनक र लिज ट्रस बीचको पछिल्लो बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रोकिएको हो ।

पत्रकार केट म्याकनद्वारा आयोजित सन र टकटिभी बहस ठूलो आवाज सुनिएपछि अचानक बीचमै रोकिएको थियो । टकटीभीका अनुसार म्याकक्यान “ठीक’’ थिइन तर कार्यक्रमलाई निरन्तरता नदिन सल्लाह दिइएको थियो ।

उक्त घटनापछि च्यानलले माफी मागेको छ । ‘हामी हाम्रा दर्शक र श्रोताहरूसँग माफी चाहन्छौं’, च्यानलले भनेको छ ।

म्याकक्यान ठीक भएको खवरले आफूहरूलाई राहत मिलेको नेतृत्वका उम्मेदवारहरूले ट्वीट गरेका छन् । टकटीभी प्रस्तोताले द सनका राजनीतिक सम्पादक ह्यारी कोलको साथमा बहसको सह–आयोजना गर्ने कार्यतालिका थियो । तर, उनलाई कोभिड भएपछि कार्यक्रममा आएका थिएनन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ४५ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा