विशेष आयोजनाको निर्माण कार्य छिटो समपन्न गर्न मन्त्री चौधरीको निर्देशन « Khabarhub

विशेष आयोजनाको निर्माण कार्य छिटो समपन्न गर्न मन्त्री चौधरीको निर्देशन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले ठूला र विशेष आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, चार सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजनाको सुरुआत गरेको पनि जानकारी गराए ।

नेपाल सहरी शासकीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पोखरामा करिब रु एक अर्ब र तिलोत्तमा नगरपालिकामा करिब रु ७८ करोड लागतको सडक निर्माण कार्यको सम्झौता भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी मोरङ जिल्लाको उर्लाबारीमा करिब रु ५१ करोड र विर्तामोड नगरपालिकामा करिब रु ७६ करोड लागतमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ । त्यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत एक महिनामा करिब १५ हजारको सङ्ख्यामा आवास एकाइको निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस्तै ३५ परिवारको लागि यस अवधिमा आवासको छाना छाउने काम सम्पन्न भई अन्य निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नै आगामी दुई महिनाभित्र करिब २० हजार आवासको फुसको छानो फेर्ने पनि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : १८ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका