खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु  « Khabarhub

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् ।

‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुनेछ । यद्यपी, चुनाव लक्षित गतिविधि भने जारी राख्ने कांग्रेसले जनाएको छ । वडा–वडामा पुगेर जनतालाई भेट गरी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्नका लागि अभियान चलाइएको केन्द्रीय सदस्य गुरुङले बताए । ‘जनतासँग छलफल गर्ने, उहाँहरुको गुनासो सुन्ने, भावना बुझेर पार्टीको पक्षमा माहौल सिर्जना गर्न अभियान थालिएको हो,’ गुरुङले भने, ‘राजनैतिक, आर्थिक, समसामयीक विषयमा कांग्रेसले लिएको अडानको विषयमा जनतालाई सुसूचित गर्ने, चुनावी तालमेलको औचित्य बारे स्पष्ट पार्ने छौँ ।’ जनताको समस्या र सुझाव समेटेर प्रतिवेदन तयार पारेर केन्द्रमा लगिने गुरुङको भनाई छ ।

कांग्रेसभित्रको आन्तरिक द्वन्द अन्त्य भएको सन्देश दिन केन्द्रीय सदस्य गुरुङसहितका नेताले उभिएर आपसमा हातेमालो गर्दै तस्बिर  खिचाएका थिए । तर, हातेमालो देखावटी भएको भन्दै कांग्रेसकै कार्यकर्ताले पत्याएका छैनन् । यसअघि पनि आन्तरिक कलह र अन्त्याचार भएको सन्देश दिन भन्दै पटक–पटक यस्ता हातेमालो गरिएको थियो ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि कांग्रेसले प्रदेशबाट प्रदेश सभा ‘क’मा कमला गुरुङ र प्रदेश सभा ‘ख’मा सबिता राईलाई प्रतिनिधि पठाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : २५ बजे

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले