युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते « Khabarhub

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् ।

किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेखे, ‘किएभमा ठूलो आक्रमण भइरहेको छ । कृपया आश्रय स्थलबाट बाहिर ननिस्कनुहोस् । केही गैरआवासीय भवनहरूमा क्षति पुगेको छ ।’

अहिलेसम्म एक जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ । ड्रोनको अवशेषले केही भवनमा आगो लगाएको छ भने राजधानीका केही क्षेत्रमा तातो पानी र जलसेवा अवरुद्ध भएको छ । किएभ बाहिरका चार जना थप घाइते भएका छन् ।

पूर्वी युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेयर इगोर तेरेखोवका अनुसार इरानी निर्माण शहेद ड्रोनले केही आवासीय भवनहरूमा क्षति पुर्याएको छ । प्रहरीले खार्किभमा १५ जना घाइते भएका छन् र दुई स्वास्थ्य संस्था पनि क्षतिग्रस्त भएको बताएको छ ।

यी आक्रमणहरू त्यस्तो समयमा भएका छन्, जब रूस, युक्रेन र अमेरिकाका वार्ताकारहरूले अबुधाबीमा चार वर्ष लामो युद्ध अन्त्य गर्ने योजनामा पहिलो प्रत्यक्ष वार्ता गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीले भूमि विवाद अझै प्रमुख अड्चन बनेको बताए, र मस्कोले किएभलाई पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन दवाव दिइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ४ : ०१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका