खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु  « Khabarhub

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् ।

‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुनेछ । यद्यपी, चुनाव लक्षित गतिविधि भने जारी राख्ने कांग्रेसले जनाएको छ । वडा–वडामा पुगेर जनतालाई भेट गरी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्नका लागि अभियान चलाइएको केन्द्रीय सदस्य गुरुङले बताए । ‘जनतासँग छलफल गर्ने, उहाँहरुको गुनासो सुन्ने, भावना बुझेर पार्टीको पक्षमा माहौल सिर्जना गर्न अभियान थालिएको हो,’ गुरुङले भने, ‘राजनैतिक, आर्थिक, समसामयीक विषयमा कांग्रेसले लिएको अडानको विषयमा जनतालाई सुसूचित गर्ने, चुनावी तालमेलको औचित्य बारे स्पष्ट पार्ने छौँ ।’ जनताको समस्या र सुझाव समेटेर प्रतिवेदन तयार पारेर केन्द्रमा लगिने गुरुङको भनाई छ ।

कांग्रेसभित्रको आन्तरिक द्वन्द अन्त्य भएको सन्देश दिन केन्द्रीय सदस्य गुरुङसहितका नेताले उभिएर आपसमा हातेमालो गर्दै तस्बिर  खिचाएका थिए । तर, हातेमालो देखावटी भएको भन्दै कांग्रेसकै कार्यकर्ताले पत्याएका छैनन् । यसअघि पनि आन्तरिक कलह र अन्त्याचार भएको सन्देश दिन भन्दै पटक–पटक यस्ता हातेमालो गरिएको थियो ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि कांग्रेसले प्रदेशबाट प्रदेश सभा ‘क’मा कमला गुरुङ र प्रदेश सभा ‘ख’मा सबिता राईलाई प्रतिनिधि पठाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : २५ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु