एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने | Khabarhub Khabarhub

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ ।

केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो।

आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले जवाफ दिने र त्यसपछि प्रतिवेदन पारित गर्ने तयारी रहेको छ ।

यसैगरी उम्मेदवारको मापदण्ड र समानुपातिक दोहोर्‍याउने/नदोहोर्‍याउनेबारेमा आजको बैठकले निर्णय गर्ने छ। बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकका निर्णय पनि अनुमोदन गरिनेछ ।

हिजो अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मत वृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ११ बजे

राजाहरूले गरेका ज्यादती सम्झेर जनता राजतन्त्रप्रति आकर्षित हुँदैनन् : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरू ठीक ढंगबाट

स्ववियु निर्वाचन : सिन्धुपाल्चोकमा कांग्रेस-एमाले गठबन्धन

काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी

तीन घण्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं– तीन घण्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ । छिटो,

कानुनविपरित सञ्चालित मधेशका ५८ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन 

जनकपुरधाम– मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७