फूल बेचेर मीनाको लाखौँ आम्दानी | Khabarhub Khabarhub

सफलताको कथा

फूल बेचेर मीनाको लाखौँ आम्दानी

डेढ लाखबाट २ करोडको कारोबार, ३० जनालाई रोजगारी


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : संसारमा फूल कसलाई मन पर्दैन र ? फूलले वातावरण त सुन्दर बनाइदिन्छ नै । यसले अक्सिजन पनि दिइरहेको हुन्छ । त्यसैले पनि धेरैले आफ्नो घर वरिपरि फूल रोपेर घरको श्रृङ्गार गर्छन् । फूलले घरको सुन्दरता अझै बढाइदिन्छ ।

मीना श्रेष्ठ तामाङले भने घर वरिपरि मात्र फूल रोपेकी छैनन् । उनले फूललाई व्यवसायका रुपमा अगाडि बढाएकी छन्। उनले यो व्यवसाय शुरु गरेको झण्डै २५ वर्ष भयो । नेपालमा पुष्प व्यवसायमा धेरैको चासो भएको पाइँदैन । तर उनले यही व्यवसायबाटै राम्रो आम्दानी गरेकी छिन् ।

‘पुष्प व्यवसायमा मान्छेको खासै चासो छैन तर यसमा राम्रै आम्दानी छ,’ उनी भन्छिन् ।

वि.सं. २०५२ सालमा उनले पुष्प खेती शुरु गर्दा भोलि यसको भविष्य कस्तो होला भन्ने चिन्ता पनि मनमा थियो । व्यवसायलाई सफल बनाउन उनले उत्तिकै मेहनत गरिन् । अहिले उनले ३० जना नेपालीलाई रोजगारी दिएकी छन् ।

‘नेपालमै आँट्ने हो भने जे गर्दा पनि राम्रो हुन्छ, हामी एकैपटक धेरै पैसाको अपेक्षा गर्छौँ, त्यसैले विदेश जान्छौँ,’ मीना भन्छिन्, ‘अब नेपालीले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ ।’

सात कक्षामा पढ्दा पहिलोपटक फूलको प्रशिक्षणमा सहभागी भएकी मीना अहिले फूलसँग गहिरो सामीप्यता जोडेकी छिन् ।

‘घरमा भएको केही रकम जोहो गरेर र बाँकी सापटी लिएर १ लाख ५० हजार रुपैयाँको लगानीमा फूल व्यवसाय थालेँ, त्यो बेला नेपालमा फूल खेती गर्नु चुनौतीपूर्ण थियो,’ उनी भन्छिन् ।

सानैदेखि फुल स्याहार्नमा रुचि लाग्ने बताउने मीनाले यो व्यवसायबाटै सफलता हासिल गर्छु भनेर कहिल्यै सोचेकी थिइनन् । तर गर्दै जाँदा सबै सम्भव हुदो रैछ भन्ने अहिले उनलाई लाग्छ । प्रशिक्षण लिइसकेपछि फुललाई कसरी स्याहार्ने भन्ने थप कुराहरुको ज्ञान उनले पाइन् ।

‘घरमा भएको केही रकम जोहो गरेर र बाँकी सापटी लिएर १ लाख ५० हजार रुपैयाँको लगानीमा फूल व्यवसाय थालेँ, त्यो बेला नेपालमा फूल खेती गर्नु चुनौतीपूर्ण थियो,’ उनी भन्छिन् ।

समय यस्तो थियो कि, फूल भन्नासाथ धेरैले उनलाई सोध्थे– केको फूल कुखुराको कि हाँसको ?

त्यतिबेला फूललाई पैसा तिरेर किन्ने चलन पनि थिएन । फूललाई पनि कसैले पैसा तिर्छ ? भनेर उल्टै प्रश्न गर्ने गरेको मीना बताउँछिन् ।

‘हामीले शुरु गर्दा फूललाई कसरी स्याहार गर्ने भनेर पनि बुझाउनुपर्थ्यो,’ उनी पुरानो समय स्मरण गर्छिन् ।

फूललाई बुकेमा राखेर सजाउने चलन पनि थिएन । बिस्तारै घरमा फूल सजाउने प्रचलन पनि बढ्दै गयो ।

‘शुरुमा व्यवसाय शुरु गर्दा आफू मात्र लागेँ, पछि पूरै परिवारले साथ दिनुभयो,’ मीना भन्छिन्, ‘पछि बिहे गरेपछि श्रीमानको पनि साथ पाएँ ।’

सम्भावना हुँदाहुँदै पनि नेपालमा आजको दिनसम्म पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको मीना बताउँछिन् ।

बिस्तारै व्यवसाय थप राम्रो हुँदै गयो । काठमाडौँ प्लाजामा उनको पसल थियो । पछि उनले नेपालका विभिन्न स्थानमा फूल पाइने क्षेत्रमा सम्पर्क बढाएर पनि फूल बेचिन् ।

‘हामीकहाँ फूलको माला मात्र बन्छ भन्ने परिपाटी थियो, अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ,’ उनी भन्छिन् ।

अहिले गर्मी सिजनमा नेपालमा फूलहरु प्रशस्त मात्रा पाइए पनि हिउँद सिजनमा भने भारत, हल्याण्ड लगायतका देशबाट नेपालमा आयात गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् । त्यसैले फूल स्याहार्न केही झण्झट भने छ ।

नेपालमा फूल खेतीको सम्भावना भए पनि यसबारेमा त्यति चासो राखिएको पाइँदैन । सम्भावना हुँदाहुँदै पनि नेपालमा आजको दिनसम्म पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको मीना बताउँछिन् ।

‘पहिलेको तुलनामा पुष्प व्यवसायमा धेरै हुनुहुन्छ, तर यतिले मात्र पुग्दैन, नेपालमा उत्पादित फूलले मात्र धान्न नसक्ने अवस्था छ’ उनी भन्छिन् ।

मीनाका अनुसार अहिले पुष्प व्यवसाय गर्न केही सहज पनि छ । किनकि, पहिले त ग्राहकलाई फूलको नाम चिनाउन पनि समय लाग्थ्यो ।

‘हामीले व्यवसाय शुरु गर्दा धेरैलाई फूल्को महत्त्व थाहै थिएन, त्यही बुझाउन हामीले ग्राहकहरुलाई फूल बाँड्दै पनि हिँड्यौँ,’ मीना अगाडि थप्छिन्, ‘व्यवसाय थालेको दुई वर्ष त राम्रो व्यापार नहुँदा यो काम थालेर गलत गरिएछ कि झैँ पनि लाग्यो, अहिले सम्झिँदा रमाइलो लाग्छ ।’

१ लाख ५० हजारबाट थालेको व्यवसाय अहिले २ करोड लगानीको बनिसकेको छ ।

पहिले एकजनाबाट शुरु भएको उनको पुष्प व्यवसायमा अहिले ३० जना छन् । सिजनमा यो व्यवसायबाट ५० हजारभन्दा बढीको कमाइ हुने मीना बताउँछिन् । अफ सिजनमा भने व्यापार अलिक कम हुने तर आत्तिन नहुने उनको बुझाइ छ ।

‘अफ सिजनमा हामीले कपडाहरुको फूल बनाउने लगायतका अरु कामहरु गर्छौँ, दुबो, पानी अमलाका पातहरु ल्याएर राख्छौँ,’ उनी भन्छिन् ।

उनले पुष्प व्यवसायलाई पनि आर्थिक पाटोका रुपमा अगाडि बढाउन सकिने बताउँछिन् । कति त वैदेशिक रोजगारीमा पनि फूल खेतीकै लागि गएको उनी बताउँछिन् ।

‘सरकारले युवावर्गलाई लक्षित गरेर तालिमको व्यवस्था गर्न सक्यो भने यो व्यवसायबाट पनि लाभ लिन सकिन्छ, अझ विदेशको प्रविधि प्रयोग गरेर त्यही अनुसार खेती गर्न सकियो भने झन् फाइदा हुन्छ,’ मीना भन्छिन् ।

मेहनत र लगावसहित जुन क्षेत्रमा काम गरे पनि एक न एक दिन सफल भइने मीनाको बुझाइ छ । १ लाख ५० हजारबाट थालेको व्यवसाय अहिले २ करोड लगानीको बनिसकेको छ । ‘क्षणिक आएर केही समयका लागि गरे त केही हुँदैन तर मेहनत गर्‍यो भने नहुने केही छैन,’ मीना भन्छिन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ११ : ५० बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी