गठबन्धनमा न्यायोचित ढङ्गले सिट बाँडफाँट हुन्छ : मन्त्री कार्की « Khabarhub

गठबन्धनमा न्यायोचित ढङ्गले सिट बाँडफाँट हुन्छ : मन्त्री कार्की


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए। मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए।

नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरेका छन् ।
उनले नागरिकता विधेयकसम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  १० : ०० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको