रिलदेखि रियलसम्म सौगात र श्रृष्टि | Khabarhub Khabarhub

फोटोसेसन

रिलदेखि रियलसम्म सौगात र श्रृष्टि

‘लुकेर हिड्ने जोडीको खुलेको कथा : द सेक्रेट अफ राधा’


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : ‘लूट’ फिल्मबाट सौगात मल्ल सुपरस्टार बने । त्यसअघि उनले छड्के फिल्म खेल्दा धेरैले उनमा अभिनेता बन्ने क्षमता अथ्र्याएका थिए । नेपाली फिल्ममा पागलझै होमिएका सौगात चरित्रमा डुबेर अभिनय गर्ने नायक हुन् ।

उनलाई अभिनयबाहेक अरु कुराको वास्तै थिएन । हुदैन्थ्यो पनि । जतिबेला उनी संघर्षरत थिए, त्यतिबेला उनी लभचक्करमा पनि लाग्दैनथे । तर लूटबाट उनको करियर टर्निङ प्वाइन्टजसरी घुम्यो । सफलता बढ्यो । पारिश्रमिक बढ्यो । फिल्मको महत्व बढ्यो ।

अझ भनौँ सौगात र दयाङहाङ राईलाई केन्द्रित गरेर सयौँ फिल्म स्क्रिप्ट लेखिए । कति यी दुई अभिनेताले खेले । कति खेलेनन् । कति खेलेर सफल भए । कति पर्दामै सीमित रहे । फिल्ममा खुलेर अभिनय गर्ने सौगात वास्तविकतामा भने साह्रै लजालु कलाकार हुन् ।

उनी खुलेर कही पनि जादैनन् । खुलेर हिडदैनन् । सकेसम्म बाहिर देखिदैनन् । एक समय सौगात भूमिगत कलाकारका रुपमा परिचित थिए । ठीक त्यहिबेला उनको प्रेम सुरु भयो, मोडल तथा नायिका श्रृष्टि श्रेष्ठसँग ।

भारतीय म्युजिक भिडियोमा अभिनय गर्ने श्रृष्टि गाजलु फिल्म खेल्न नेपाल फर्किइन् । अनमोल केसीसँग फिल्म खेलेपछि चर्चामा आएकी श्रृष्टिको नजर सौगातसँग ठोक्कियो । उनीहरु एकाध भेटघाटबाट प्रेममा परेका थिए । प्रेम उनीहरुको सुरु भयो । तर चर्चा बजारमा थियो ।

यो चर्चा यति धेरै बढ्यो कि सत्तरीको दशकपछि हरेक फिल्ममा सौगात र श्रृष्टिको चर्चा हुन्थ्यो । जुन फिल्ममा सौगात अभिनय गर्न जान्थे । श्रृष्टि पुग्ने चेष्टा गर्थिन् ।

कतिसम्म भने सौगातले नायिकाका रुपमा श्रृष्टिलाई नै प्रस्ताव गर्ने गरेको पनि चर्चा मिडियासम्म आइपुग्थ्यो । त्यो बेला लुकी लुकी हिड्ने यो जोडी अहिले भने खुलेआम छ । लामो समय प्रेममा रहेका उनीहरु बिहे गर्ने सोचमा छन् ।

तर जुरिसकेको छैन । रिलबाट नजिकिएको यो जोडी अहिले रियल बनेको छ । अनि त्यही रियल जोडीको लगानी र अभिनय रहेको फिल्म ‘राधा’ अहिले चलचित्र हलमा लागिरहेको छ ।

सौगात निर्माता रहेको यो फिल्ममा श्रृष्टि मुख्य कलाकार हुन् । ‘द सेक्रेट अफ राधा’ नाम दिइएको यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका छन् । फिल्ममा सौगात, सृष्टिका साथैै खगेन्द्र लामिछाने, दिव्य देव, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, सुनिल पोखरेल लगायतको अभिनय छ ।

रिलबाट सुरु हुँदा लुकेर हिड्ने यो जोडी अहिले रियलमा खुलेर फिल्मको कथामा आफैँ अभिनय गर्दा कस्तो महसुस भइरहेको छ, त्यो सौगात र श्रृष्टिले विभिन्न अन्तर्वार्तामा बताइरहेका छन् । तर रिलदेखि रियलसम्मको यो जोडीले अभिनय गरेको ‘राधा’ फिल्म कत्तिको चल्छ ? त्यो हेर्न अझै केही दिन पर्खनुपर्ने छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ११ : ५४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस