‘चुनावपछि मुलुक नयाँ दिशामा जान्छ’ « Khabarhub

‘चुनावपछि मुलुक नयाँ दिशामा जान्छ’


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् ।

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए । मन्त्री चौधरीले संविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १२ : २३ बजे

विभागको आग्रह : साना नदीहरूमा बहाव बढ्न सक्छ, सतर्कता अपनाउनू

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन