दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. काठमाडौंमा पर्यटनमन्त्री सम्मेलन सुरु

कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज काठमाडौंमा सातै वटा प्रदेश पर्यटनमन्त्रीको सम्मेलन सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौँ बोलाएर एक दिने सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा होटल, र्याफ्‌टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइड लगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

२.  देशको पहिचान मेटाउन खोज्ने यही छन्ः पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन् ।

आज काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनः निमिर्तत सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचान सकिए मुलुकको अस्तित्व नै सकिने भन्दै नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका हुन् ।

३. ओलीले संविधानलाई कुल्चिएपछि गठबन्धन गर्नुपरेको मन्त्री चौधरीकाे जीकीर

शहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् । आज बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरू विजय हुनुपर्ने औँल्याए

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरू एकजुट हुनुपरेको जिकिर गरे । 

४. गठबन्धन व्यवस्थित ढंगले अघि बढ्छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्  । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले उम्मेदवारको सिट बाँडफाँड गर्ने जानकारी दिए ।

मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको  जिकिर गरे ।

५. महानगरको डोजर अभियान आज पनि जारी

काठमाडौं महानगरपालिकाले पनि अवैध संरचना भत्काउनेक्रम जारी राखेको छ । महानगरले आज बनस्थलीस्थित ढुङ्गेधाराबाट नक्सा पास नगरी बनाएका संरचनाहरूमा डोजर लगाउनेक्रम शुरु गरेको छ ।

नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको महानगरपालिकाले  जनाएको छ ।

अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख  राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।

६. तीजमा पशुपतिनाथको तस्बिर खिच्न नपाउने

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।

पछिल्लो समय तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

गर्भगृहको तस्बिर खिचेमा  दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा  एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिवाना गर्न लागिएको कोषले जनाएको छ ।

७. पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने  भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् ।

दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना बन्द भएका हुन् ।

८. गोकर्णेश्वरमा भक्तजनको भीड

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन । यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुबालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने गरिन्छ ।

यसैबीच, दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

९. समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको दुई हप्ते सम्मेलन सम्पन्न

संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रहरूले उच्च समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको दुई हप्ता लामो सम्मेलन  समाप्त भएको छ । उच्च समुद्रमा जैविक विविधताको संरक्षणको लागि भएको सम्झौता प्रयासले सार्थकता पाउन नसकेको सहभागी सदस्यहरूले बताएका छन् ।

बढ्दो पर्यावरणीय र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न सम्झौताका लागि सहभागीहरूले पहल गरेपनि चार वटा औपचारिक सत्रसहित १५ वर्ष बितिसक्दा वार्ताकारहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आइपर्ने थुप्रै मुद्दाहरूलाई सम्बोधन गर्न कानुनी रूपमा बाध्यकारी पाठमा पुग्न सकेका छैनन् ।

१०. नेपाल टी–ट्वान्टी लिगका लागि खेलाडी दर्ता खुल्ला 

नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुल्ला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आजबाट प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया खुल्ला भएको जनाएको हो ।

क्यानले अगस्ट ३१ सम्म खेलाडीले आफ्नो नाम दर्ता गर्न सक्ने जनाएको छ । क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली खेलाडीका दर्ता खुला गरिएको जानकारी दिए । विदेशी खेलाडीका लागि रजिस्ट्रेसन भइसकेको मल्लले बताए ।

क्यानले प्रतियोगिताका लागि खेलाडी छनोट ’ड्राफ्ट’ बाट सेप्टेम्बरको पहिलो साता गरिने जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १ : २८ बजे

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

बैतडी – माध्यमिक परीक्षा (एसइई)का लागि जिल्लामा २७ वटा परीक्षा

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा

काठमाडौं – नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष

मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र