ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम « Khabarhub

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो । यसमा १० वटा इलेक्ट्रोलाइसिस मोड्युल राखिएको छ, जसको कुल उत्पादन क्षमता १०० मेगावाट छ ।

गाल्प कम्पनीले यस परियोजनाले पोर्चुगललाई युरोपको ऊर्जा रूपान्तरणमा मुख्य भूमिका निभाउन मद्दत गर्ने बताएको छ ।

यो इकाई यस वर्षको दोस्रो भागमा पूर्ण रूपमा सञ्चालनमा आउनेछ। यसले वार्षिक १५ हजार टन नवीकरणीय हाइड्रोजन उत्पादन गर्नेछ । यसले हाल प्रयोग भइरहेको ग्रे हाइड्रोजनको २० प्रतिशत प्रतिस्थापन गर्न सक्नेछ ।

यस परियोजनाले वार्षिक एक लाख १० हजार टन कार्बन डाइअक्साइड (सीओटु) उत्सर्जन कम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यसरी पोर्चुगलले हरित ऊर्जा उत्पादन र वातावरण संरक्षणमा ठुलो कदम उठाएको छ ।
 

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १ : ४४ बजे

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज