गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु « Khabarhub

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत यो विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेको हो ।

व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए । पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको जाँचपश्चात् राजस्व दाखिला गर्नुपर्ने हुन्छ । सबै प्रक्रिया भई शनिबार जजिरा एयरमार्फत कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताए ।

हालसम्म काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रियस्तरमा कार्गो जाने गरेको थियो । दोस्रो विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलको प्रवर्द्धन गर्न, यहाँबाट निकासी पैठारी गर्न सहज र सस्तो छ भन्ने सन्देश दिन पनि काठमाडौंबाट सामान ल्याएर विदेश निकासी सुरु गरेको हो ।

गौतमबुद्धबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन दिन उडान गर्दै आएको छ । यहाँबाट कार्गो सञ्चालनका लागि उसले निजी क्षेत्रसँग छलफल गरिरहेको छ । विमानस्थलमा छुट सुविधा पाएका कारण पनि काठमाडौंभन्दा भैरहवाबाट भाडादर सस्तो तोकिएको जजिराका बिक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँले बताए । 

राइजिङ स्टार कार्गो प्रालिका व्यवस्थापक जीवन पन्तले गौतमबुद्ध विमानस्थलको प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताए । यसै कारण पनि ‘रिक्स’ मोलेर काठमाडौंबाट ट्रकमा सामान लोड गरेर भैरहवा ल्याएर निकासी गर्न लागेको जनाए । 

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पनि यस क्षेत्रका व्यवसायीलाई आयात/निर्यात गर्दा गौतमबुद्धलाई प्रयोग गर्न आग्रह गरे । उनले निकासीमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो पकड जमाउन सक्ने जनाए । 

गौतमबुद्धमा नयाँ कार्गो भवन निर्माण अन्तिम चरणमा छ । तत्कालका लागि अस्थायी रुपमा दैनिक चार/पाँच सय टन सामाग्री आयात/निर्यात गर्न सकिने संरचना बनाइएको छ । विमानस्थलका अधिकारीहरूले केही कानूनी जटिलता हटाउने हो भने विदेश सामान निकासीका लागि नजिकका भारतीय बजारका उत्पादन पनि गौतमबुद्ध हुँदै वाह्य मुलुक पठाउन सकिने बताए । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १ : ३५ बजे

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत