निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : सहमहामन्त्री आङदेम्बे | Khabarhub Khabarhub

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : सहमहामन्त्री आङदेम्बे


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले संघीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन् 

गृहजिल्ला पाँचथर पुगेका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागबन्डाबारेको छलफल चलिरहेको बताए । एउटा मात्र निर्वाचन क्षेत्र भएकाले  आफू संघीय उम्मेदवार बन्ने उनले बताए । 

पटक/पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरूप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बेको भनाइ छ । ‘स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई  निरन्तरता दिनुको विकल्प छैन’, उनले भने । कार्यक्रममा कांग्रेस  केन्द्रीय सदस्य प्रदीपकुमार सुनवार, प्रदेश नं १ समिति सदस्य उत्तम चौलागाईँलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ४ : ३३ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा