चलचित्र ‘प्रकाश’मा प्रदीपको परीक्षा | Khabarhub Khabarhub

सिनेमा सर्कल

चलचित्र ‘प्रकाश’मा प्रदीपको परीक्षा

कर्णालीको कथामा काठमाडौँको व्यथा मिसिने डर !


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चक्लेटी नायक प्रदीप खड्का काठमाडौँका सडकमा खाली खुट्टा हिँडे । त्यो पनि एकान्तकुनादेखि अनामनगरसम्म । एकदिन मात्रै होइन । उनी धेरै दिन त्यसरी हिँडे । त्यसरी हिड्न लगाउने व्यक्ति थिए, धुरन्धार थियटर निर्देशक अनुप बराल ।

अनुप बराल नेपालका भर्सटायल कलाकार हुन् । थियटरमा उनी सुनिल पोखरेलपछिका सुपरस्टार मानिन्छन् । अभिनयमा सबै किसीमका भोक मेटाउन सक्ने तागत भएका अनुपसँग नायक प्रदीप खड्काको फोटो केही समयअघि पोखराबाट सार्वजनिक भएको थियो ।

 जतिबेला प्रदीप अनुपसँग अभिनय सिकिरहेका थिए । पोखराबाट सार्वजनिक भएको त्यो फोटोमा प्रदीप खाइलाग्दो ज्यान बोकेर अनुपसँग केही कुरा सिकिरहेका देखिन्थे । जतिबेला कर्णालीको जुम्लामा खिचिने चलचित्र ‘प्रकाश’बारे खासै बाहिर जानकारी थिएन ।

महिनौँ अनुप बरालसँग अभिनय सिकेपछि प्रदीपले ‘प्रकाश’ फिल्म साइन गरे । उनले फिल्म साइन गरेपछि नै अनुपसँग अभिनय सिक्न थालेको पनि हुन सक्छ । फिल्ममा नायिका थिइन्, अनुपकी पत्नी दिया मास्के ।

दिया थियटरबाट खारिएकी अभिनेत्री हुन् । जसले अनुपबाटै अभिनय सिकेर आफ्नो परिचय फराकिलो बनाइन् । दिया र अनुपको पाठ सिकेर ‘प्रकाश’ चलचित्रका लागि प्रदीप कर्णालीको असली परिचय दिने जिल्ला जुम्ला हानिएका थिए ।

कर्णालीको कथा भन्ने फिल्म प्रकाश जुम्लामा सरकारी शिक्षक बन्न संघर्ष गरिरहेका शिक्षकमा केन्द्रित छ । माघ १० गते अर्थात शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको चलचित्र हेरिसकेका समीक्षकले यहि भनिरहेका छन् ।

प्रकाश प्रदीपका लागि किन परीक्षा हो भने उनी चरित्रमा डुबेर अभिनय गर्ने नायक बनिसकेका छैनन । यदि उनी साच्चिकै उनैले भनेअनुसार हिरोभन्दा कलाकार बन्न चाहिरहेका छन् भने त्यसका लागि प्रकाशमा उत्तिर्ण हुनुपर्छ । जसको दिनगन्ती सुरु भइसकेको छ ।

प्रेमगितबाट नयाँ र चक्लेटी लुक्स लिएर नेपाली चलचित्रमा उदाएका प्रदीप खड्का एक समय विदेश जान तम्तयार थिए । भिसा नआएका कारण रोकिएका उनलाई सन्तोष सेन र सुदर्शन थापाले प्रेमगितबाट सम्भावना भएको नायकमा उभ्याएका थिए ।

पूजा शर्मासँगको अनस्क्रिन रोमान्सबाट नायक बनेका प्रदीपले त्यसपछि रोजी, लिलिबिली लगायतका फिल्म खेले । तर ती सबै फ्लप भए । प्रेमगित २ मा फेरि उनले अभिनय गरे । त्यो सफल बन्यो । प्रेमगित सिरिज सफल हुनुका पछाडि निर्माता, निर्देशक र नायक प्रदीप खड्काबीचको तालमेल सम्भव भएर पनि हो ।

जुन तालमेल उनले अरु फिल्ममा पाएनन् । अर्थात त्यो वातावरण नै बनेन । रोजी तथा लिलिबिली खेल्दा उनी नायिका जसिता गुरुङसँग प्रेममा रहेको चर्चा भयो । तर निर्माता तथा निर्देशकसँग उनको सम्बन्ध बिग्रियो । निर्मार्ता तथा निर्देशक मिलन चाम्ससँग त उनको सम्बन्ध झन् धेरै बिग्रेको सार्वजनिक मञ्चहरुबाटै देखिन्थ्यो ।

त्यसयता उनले प्रेमगित २ खेलेर केही राहत पाए । अनमोल केसीसँग तुलना भइरहने कारण पनि प्रदीपलाई चुनौति छ । प्रेमगित २ पछि उनले साइन गरेका फिल्म प्रकाश र प्रेमगित ३ हुन् । प्रेमगित ३ अहिले बलिउडमा प्रचारमै धुम मच्चाएको पहिलो नेपाली फिल्म बनेको छ ।

सन्तोष सेनले निर्माण र निर्देशन गरेको प्रेमगित ३ बलिउडमा डब भएर प्रदर्शन हुन लागेको छ । त्यसअघि प्रदर्शनमा आएको ‘प्रकाश’ विशुद्ध चारित्रिक फिल्म हो । यो फिल्ममा उनको अनुहार बिक्दैन । तथापी निर्देशक दिनेश राउतले प्रकाशमा प्रदीपलाई खेलाउनुको कारणमा चलचित्रको व्यवसायिक पक्षलाई हेरिएको बताएका छन् ।

प्रदीप र अनमोललाई लाग्दै आएको आरोपमा पनि चक्लेटी फेस मात्रै भन्ने छ । चलचित्रको पात्रमा डुबेर अभिनय गर्न नसक्ने नायकका रुपमा प्रदीप र अनमोललाई लिइन्छ । तर यो चुनौति खुल्ला रुपमा स्वीकार गरेका प्रदीपले प्रकाशमा आफूलाई प्रमाणित गर्नुपर्नेछ ।

अनमोलले अहिलेसम्म पनि प्रकाश जस्तो चारित्रिक फिल्म खेलेका छैनन् । यद्यपी संख्याका हिसाबले अनमोलले होस्टेलपछि ड्रिम्स, जेरी, गाजलु, कृ र नाई नभन्नु ल ३ जस्ता हिट फिल्म दिएका छन् । अनमोलसँगको लडाई जित्न पनि प्रदीपले ‘प्रकाश’मा सफलता पाउनुपर्छ । उनको अभिनय रुचाइनुपर्छ । फिल्मले व्यवसायिक सफलता हात पार्नुपर्छ । नाफा कमाउनुपर्छ ।

जुन प्रदीपका लागि सहज त छँदै छैन । कर्णालीमा कथामा प्रदीप कति फिट हुन वा होइनन् ? त्यो फिल्मको व्यवसायिकताले देखाउँला । तर अहिलेसम्म लभस्टोरी फिल्म नै बढी निर्देशन गरेका दिनेश राउत र चक्लेटी लुक्समै रमाएका प्रदीप खड्काले जुम्लामा छायांकन गरिएको ‘प्रकाश’मा जोखिम मोल्नु आफैमा चुनौतिपूर्ण हो ।

त्यो चुनौति काठमाडौँमा पहिलो दिन नै देखा परिसक्यो । प्रकाशले पर्याप्त हल नै पाएन । हल सञ्चालकको मनोमानीविरुद्ध प्रदीप खड्का आफैँ विरोधमा उत्रिए । उनको विरोधपछि शनिबारबाट हलको शो संख्या थपियो । किनकी प्रदीपको तुलना गरिने अनमोल केसीका बुवा भुवन केसी यतिबेला चलचित्र बिकास बोर्डको अध्यक्ष छन् ।

हलको कुरा बोर्डसम्म पुगेर पनि हेरिएको छ । त्यसमाथि शान्त र विवादभन्दा पर रहने प्रदीप आफैँ एक कदम अगाडि बढेर कर्णालीमा खिचिएको चलचित्रको प्रमोसनका लागि विरोध नै गर्न पनि पछाडि परेनन् । यस्तो अवस्थामा उनको चुनौति झन् बढेको छ ।

नेपालमा लूट, परदेशी, पशुपतिप्रसाद, जात्रा जस्ता केही मात्रै चारित्रिक फिल्म सफल भएका छन् । अन्यथा धेरै चारित्रिक फिल्मले चर्चा र समीक्षा राम्रो पाएपनि असफलताको हावा खाएका छन् । यस्तो अवस्थामा प्रदीप खड्काको हँसिलो र चम्किलो मुहारमा ‘प्रकाश’ले खुशी थप्छ कि निराशा ? त्यो हलमा लागेको ‘प्रकाश’ परीक्षाको नतिजाले देखाउँला ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ५ : १४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही