‘सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ छैन’ « Khabarhub

‘सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ छैन’


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी संसदीय र प्रतिनिनिधि सभा निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । उनले कांग्रेसले एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताए । नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं-६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन नेता कोइरालाले यस्तो बताएका हुन् । 

यस्तै उनले गठबन्धन दलले कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्नसमेत आग्रह गरेका छन्  । देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर  निर्वाचनमा जानु परेको तर कांग्रेस कमजोर नभएको स्पष्ट पारेका छन् । 

नेता कोइरालाले कांग्रेसको प्रभाव भएका कुनै क्षेत्र छोड्न नसकिने पनि बताएका छन् । उनले भने ‘गठबन्धन दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्ने भन्ने हुँदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, तबमात्रै सिटको बाँडफाँड हुने हो’, ।

 कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ५ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको