‘सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ छैन’ « Khabarhub

‘सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ छैन’


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी संसदीय र प्रतिनिनिधि सभा निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । उनले कांग्रेसले एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताए । नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं-६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन नेता कोइरालाले यस्तो बताएका हुन् । 

यस्तै उनले गठबन्धन दलले कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्नसमेत आग्रह गरेका छन्  । देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर  निर्वाचनमा जानु परेको तर कांग्रेस कमजोर नभएको स्पष्ट पारेका छन् । 

नेता कोइरालाले कांग्रेसको प्रभाव भएका कुनै क्षेत्र छोड्न नसकिने पनि बताएका छन् । उनले भने ‘गठबन्धन दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्ने भन्ने हुँदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, तबमात्रै सिटको बाँडफाँड हुने हो’, ।

 कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ५ : ४८ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि