आगामी निर्वाचनका लागि २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेकाे निर्देशन « Khabarhub

आगामी निर्वाचनका लागि २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेकाे निर्देशन


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आगामी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । 

शनिबार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले समानुपातिक तर्फ एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याइने र न्यायोचित बितरण प्रणालीलाई ध्यान दिने बताएका छन् । त्यस्तै बैठकले उम्मेदवार चयनको मापदण्ड पनि पारित गरेको छ , जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गुरुङले बताए ।

त्यस्तै बैठकले निर्वाचनका सम्बन्धमा विशेष प्रस्ताव पारित गर्दै उम्मेदवारहरूको मनोनयन र बन्दसूचीको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ भने औपचारिक मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न केन्द्रीय कमिटीको तर्फबाट पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राखि युवा कार्यकर्ता केन्द्रीय निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई बहुमतमा पुराउन आवश्यक पर्ने ६ प्रतिशत मत बृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ २ भोट थप्ने र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय गरेको प्रचार बिभाग प्रमुख गुरुङले बताए

त्यस्तै बैठकले यसअघि सचिवालयले गरेका निर्वाचन घोषणा पत्र मस्यौदा कार्यदल गठन, केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, १२ विभागहरुको सचिवहरुको मनोनयन र तीन बिभाग विस्तार लगाएतका निर्णयहरुलाई अनुमोदन गरेको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : ५० बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट