आगामी निर्वाचनका लागि २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेकाे निर्देशन | Khabarhub Khabarhub

आगामी निर्वाचनका लागि २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेकाे निर्देशन


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आगामी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । 

शनिबार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले समानुपातिक तर्फ एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याइने र न्यायोचित बितरण प्रणालीलाई ध्यान दिने बताएका छन् । त्यस्तै बैठकले उम्मेदवार चयनको मापदण्ड पनि पारित गरेको छ , जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गुरुङले बताए ।

त्यस्तै बैठकले निर्वाचनका सम्बन्धमा विशेष प्रस्ताव पारित गर्दै उम्मेदवारहरूको मनोनयन र बन्दसूचीको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ भने औपचारिक मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न केन्द्रीय कमिटीको तर्फबाट पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राखि युवा कार्यकर्ता केन्द्रीय निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई बहुमतमा पुराउन आवश्यक पर्ने ६ प्रतिशत मत बृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ २ भोट थप्ने र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय गरेको प्रचार बिभाग प्रमुख गुरुङले बताए

त्यस्तै बैठकले यसअघि सचिवालयले गरेका निर्वाचन घोषणा पत्र मस्यौदा कार्यदल गठन, केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, १२ विभागहरुको सचिवहरुको मनोनयन र तीन बिभाग विस्तार लगाएतका निर्णयहरुलाई अनुमोदन गरेको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : ५० बजे

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको