आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुने दाहालको विश्वास « Khabarhub

आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुने दाहालको विश्वास


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ ।

बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताए । गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उनको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रूपन्देही पुगेका थिए । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : २० बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र