सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिन्छु : मन्त्री यादव « Khabarhub

सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिन्छु : मन्त्री यादव


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

पर्साको वीरगञ्ज महानगरपालिकाको हरपतगञ्जमा सडकको शिलान्यास गर्दै उनले सडक विकासको मुख्य आधारस्तम्भ भएको जिकिर गर्दै सडकको विकास भएपछि अरु कुराको स्वतः विकास हुने बताए।

सो अवसरमा वीरगञ्ज हरपतगञ्जको ड्राइपोर्ट सडकखण्डदेखि मनियारी, इटीयाही, भवानीपुर नहर रोड भएर जगरनाथपुर गण्डक नहर सडकखण्डदेखि राजमार्गसम्मको कालेपत्र सडक र नाला निर्माण सडकको मन्त्री यादवले शिलान्यास गरेका थिए ।

लामो समयसम्मको प्रतीक्षापश्चात् सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकामा मन्त्री यादवले खुसी व्यक्त गर्दै सडक निर्माण भएपश्चात् सो क्षेत्रका किसानको उत्पादनले सहजरुपमा बजार पाउने बताए । सडक शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्जका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–२० का वडाध्यक्ष रामकिशोर सिंह परागलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे छ किलोमिटर लम्बाइको कालोपत्र सडक पुस मसान्त २०८१ भित्र सम्पन्न गर्ने गरी रु २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगञ्जले निर्माणको जिम्मा पाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : ११ बजे

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट