भारतकाे सहयाेगमा बनेका दुई विद्यालयका भवनको उद्घाटन | Khabarhub Khabarhub

भारतकाे सहयाेगमा बनेका दुई विद्यालयका भवनको उद्घाटन


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– भारत सरकारको अनुदान सहयोगमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख नेपाली रुपैयाँको लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येको एक हो।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं १ मा ८० वटा रहेका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ४२ बजे

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

बैतडी – माध्यमिक परीक्षा (एसइई)का लागि जिल्लामा २७ वटा परीक्षा

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा

काठमाडौं – नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष

मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र