कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ « Khabarhub

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उदय शमशेर राणाले प्रधानमन्त्रीका भावी उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गर्न प्रस्ताव गरेका छन्।

उनले आज बिहान सामाजिक सञ्जालमार्फत यसपटक अधिकांश प्रमुख दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेको उल्लेख गर्दै नागरिकमा स्वाभाविक जिज्ञासा रहेको बताएका छन् ।

देश निर्माणका ठोस नीति, योजना र कार्यक्रमबारे खुला बहस आवश्यक भएको उनको भनाइ छ ।

अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विषयमा प्रधानमन्त्रीका उम्मेदवारहरूको स्पष्ट दृष्टिकोण सार्वजनिक बहसमार्फत नागरिकसमक्ष आउनुपर्ने राणाको तर्क छ।

यस्तो बहसले मतदातालाई उम्मेदवारलाई नजिकबाट बुझ्ने अवसर दिने र विवेकपूर्ण मतदानमा सहयोग पुग्ने उनले बताए।

‘बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोही नभागौँ’, राणाले लेखेका छन् ।

उनले नेपाली कांग्रेस यस्तो बहसका लागि तयार रहेको स्पष्ट गर्दै अन्य दलहरूलाई पनि तयारी छ कि छैन भनेर चुनौती दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : ०३ बजे

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको