दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिन प्रधानमन्त्रीद्वारा बुटवलमा बनेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन, देशलाई बचाउन गठबन्धन आवश्यक परेको प्रचण्डको भनाई, भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन, सय सिट नपाए गठबन्धन नगर्ने काँग्रेस नेता काेइरालाकाे चेतावनी, तीजमा पशुपतिनाथको तस्बिर खिच्न नपाउने लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

प्रधानमन्त्रीद्वारा बुटवलमा बनेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन । शनिबार सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने भएकाले सरकारले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह गरे । उनले संघीय शासन प्रणाली भएसँगै यसलाई दिगो बनाउन शहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने अबको योजना रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले दीर्घकालीन विकासमा सहयोग पु¥याउने उनको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताए । रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्पन्न हुन लागेको लुम्बिनी गुरुयोजना, बुटवलमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका पूर्वाधारहरूले देशकै गरिमा बढाएको उनको भनाई छ ।

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको प्रचण्डको भनाई
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन्।

शनिबार बुटवलमा सञ्चचारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन । उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गरे ।

त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राखे ।

भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
नेकपा एमालेले आगामी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

शनिबार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको एमाले प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले समानुपातिक तर्फ एकपटक अवसर पाइसकेकालाई नदोहो¥याइने र न्यायोचित बितरण प्रणालीलाई ध्यान दिने बताए । त्यस्तै बैठकले उम्मेदवार चयनको मापदण्ड पनि पारित गरेको छ , जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गुरुङले बताए ।

त्यस्तै बैठकले निर्वाचनका सम्बन्धमा बिशेष प्रस्ताव पारित गर्दै उम्मेदवारहरुको मनोनयन र बन्दसूचीको अन्तिम नर्णिय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ भने औपचारिक मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न केन्द्रीय कमिटीको तर्फबाट पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

ओलीले संविधानलाई कुल्चेपछि गठबन्धन गर्नु परेको मन्त्री चाैधरीकाे जिकिर
शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् । आज बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे ।

नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य समेत रहनु भएका चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।

गठबन्धन व्यवस्थित ढंगले अघि बढ्छः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले उम्मेदवारको सिट बाँडफाँट गर्ने जानकारी दिए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको जिकिर गरे ।

सय सिट नपाए गठबन्धन नगर्ने काँग्रेस नेता काेइरालाकाे चेतावनी
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं– ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेता कोइरालाले कांग्रेसले १०० सिट पनि नपाए आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन ।

काठमाण्डौ महानगरको अवैध संरचना भत्काउने अभियान जारी
काठमाडौं महानगरपालिकाले पनि अवैध संरचना भत्काउनेक्रम जारी राखेको छ । महानगरले आज बनस्थलीस्थित ढुङ्गेधाराबाट नक्सा पास नगरी बनाएका संरचनाहरुमा डोजर लगाउनेक्रम शुरु गरेको छ । नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो ।

बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको महानगरपालिकाले जनाएको छ । अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।

महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउनु भनी सार्वजनिक सूचना जारी गरेको भएपनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

तीजमा पशुपतिनाथको तस्बिर खिच्न नपाउने
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।

पछिल्लो समय तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।

गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिवाना गर्न लागिएको कोषले जनाएको छ । कोषले तीजका दिन बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने पनि जनाएको छ ।

पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा
प्रहरीले टुरिस्ट भिषामा खाडी मुलुकतर्फ जान विमानस्थल पुगेका १९७ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको आवश्यक कागजात संकास्पद देखिएको भन्दै पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई यात्रा अनुमतिका कागजातहरु शंकास्पद देखिएकाले १०३ जना महिला र ९४ पुरुष गरी १९७ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, मानव बेचविखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : २५ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन