पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना पक्राउ « Khabarhub

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना पक्राउ


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई नियन्त्रणमा लिइएको छ ।

यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ ।

विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

नियन्त्रणमा लिइएकामा एक सय तीन महिला र ९४ जना पुरुष छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ११ : २३ बजे

पर्यटकीय हब गलकोट दरबार संरक्षण गरिँदै

गलकोट – बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन

अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…

बासिङटन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्। कोलोराडोमा

गर्मीले सिरहाको जनजीवन प्रभावित, केही विद्यालय बन्द

सिरहा– अत्यधिक गर्मीका कारण सिरहालगायत मधेश क्षेत्रको जनजीवन कष्टकर बनेको

प्रधानमन्त्री प्रचण्डले दर्शन गर्ने महाकालेश्वर मन्दिरबारे थाहा पाउनुहोस्

काठमाडौँ – महाकाल मन्दिर पहिलो पटक कहिले अस्तित्वमा आयो भन्न

दाँतको हेरचाह र उपचार

काठमाडौं – अहिले धेरै मानिसको दाँतमा किरा लागेर साह्रै दुःख