सिरिन्ज हानेको छोराको रिपोर्ट आयो, तर होस आएन | Khabarhub Khabarhub

ड्रग्स दुर्व्यसनीको दुर्दशा

सिरिन्ज हानेको छोराको रिपोर्ट आयो, तर होस आएन

साथीभाईको संगतले लागूऔषधको दलदलमा युवा, संकटमा परिवार र भविष्य !



काठमाडौँ – ‘पानी र जवानी कहिल्यै फर्केर आउँदैन’ यो भनाइ कुलतमा लागेर जीवन बर्बाद गर्नेप्रति नै लक्षित छ। यही भनाइको ज्वलन्त उदाहरण बने कास्कीका सज्जन ताम्रकार।

भर्खर कलेज लाइफ सुरु भएको थियो उनको। कक्षा ११ मा पढ्दा उनले गाँजाको स्वाद पहिलो पटक लिएका थिए। त्यो पनि साथीको लहैलहैमा लागेर। किनकी उनको बच्चा बेलादेखि नै एकदम मिल्ने साथीले उनलाई यो बाटो हिँडायो। जसले भनेको बच्चा बेलादेखि नै उनी मान्दै आएका थिए। हरेक कामका लागि सहकार्य गर्ने साथीले नै उनलाई कुलतमा फसाए।

शनिबारको दिन थियो। भर्खरै कलेज सुरु भएकाले दुवै जनामा जोश र जाँगर थियो। अरुले भनेको सुनेर पनि उनीहरुलाई लागू पदार्थको टेष्ट लिन मन थियो। त्यत्ति मात्र होइन सिरिन्ज कस्तो हुन्छ ? उनीहरुलाई यसले खुब खुलदुली गराएको थियो। लठ्ठै हुने नशालु पदार्थ सुइको माध्यबाट लिने कुरा थियो।

घरमा घुम्न जान्छौं भनेर निस्किएका सज्जन सुइको लठ्याइमा घर जानै भुले। कारण थियो नशालु पदार्थले घेरिएको शरीर। त्यो शरीरलाई उनले उठाउनसम्म सकेनन्। घरमा एक्लो छोरा भएकाले पनि पैसा प्रशस्तै पाउँथे उनले। पैसाको कमी पनि थिएन्। अबेरसम्म छोरा घर नआएपछि उनकी आमा छोरा खोज्न मोबाइलमा नम्बर डायल गर्न थालिन्। तर, कतै पत्तो लागेन।

एक्कासी बेलुकाको ८ बजे घरको टेलिफोनमा कल आयो, मणिपाल अस्पताल आउनू। आमाको मन अत्तालिएर अस्पताल पुग्दासमेत छोराको होस् आएको थिएन्। केही बेरको प्रतीक्षापछि रिपोर्ट आयो। तर, होस आएन्। उनको अत्याधिक मदिरा सेवन र सिरिन्जले गर्दा होस गुमेको रैछ। केहीबेरमा सज्जनको होस आयो। उनी घर त फर्किए।

तर, पहिलो पटक सिरिन्ज प्रयोग गर्दा एचआइभी बोकेर। त्यसपछि उनको जीवनमा जवानी आएको महसुस हुनै सकेन। आज हाम्रो देशमा लागू औषधको सिकार सज्जन जस्ता हजारौं युवा बनेका छन्।

कतिपय मानिस जीवन जिउन नजानी नराम्रो लत अर्थात् कुलतको सहायता लिन बाध्य भइदिन्छन्। कुलत खराब आनीबानी हो। जीवनको सुन्दरता तथा महत्त्वबारे भेउ नपाउनेहरु लापर्बाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागूऔषधको दुर्व्यसनमा डुबाउँछन्।

मानसिक रोग विशेषज्ञ डा. रवि शाक्य भन्छन्, ‘विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागूपदार्थको नकारात्मक असरबारे बुझ्नु आवश्यक छ। लागूपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ।’

तनाव, चिन्ता, समस्या, चुनौती सामना गर्न नसक्नेहरु लागूपदार्थ सेवनकर्ता बन्न पुग्छन्। विस्तारै उनीहरुको आदत त्यही हुन्छ। यो सेवन गर्दा बानी व्यहोरा तथा दैनिक क्रियाकलापमा परिवर्तन भइदिन्छ। अर्थात् उनीहरु लट्ठिन्छन्।

अहिलेको अवस्था
विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन्। गाँजाको दुर्व्यसनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्। गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागूऔषधका रुपमा रहेको छ।

सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या रहेको छ। त्यसमध्ये सात प्रतिशत महिला छन्। प्रति वर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय संस्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागूऔषध दुर्व्यसनी छन्। त्यसैगरी वार्षिक रुपमा तीन खर्ब ३२ अर्ब डलरको कारोबार हुनेगर्छ। विश्वमा हतियार, लागूऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार लागूऔषध भनेको रसायनिक पदार्थ हो। यो स्वस्थ्य शरीरको लागि प्रयोग गर्न नमिल्ने पदार्थ हो। विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन्।

गाँजाको दुर्व्यसनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्। गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागूऔषधका रुपमा रहेको छ।

लागूऔषध सेवन गरेको थाहा पाउन के गर्ने ?
लागूऔषध खाने व्यक्तिको पढाइ बिग्रन्छ। स्कुल, कलेज जान नखोज्ने, कोठामा एक्लै बस्ने, मान्छेसँग कुरा गर्न नखोज्ने, समाजमा घुलमिल हुन नखोज्ने, आँखा रातो हुने, हातमा कम्पन आउने, दुब्लाउँदै जाने लक्षण देखा पर्छन्।

यस्ता लक्ष्यणबाट पनि हामीले थाहा पाउन सकिन्छ। परिवारले केही सोध्न खोज्दा उत्तर नदिनु, लुकाएको जस्तो गर्ने पनि देखिन्छ। कतिपय परिवारले छोराछोरीको गोजी हेर्दैनन्, कोठामा गएर हेर्दैनन। ५–१० वर्षदेखि लागूऔषध खाइरहेको पनि थाहा पाउदैनन्।

परिवारको साथ सबैभन्दा महत्त्वपूर्ण
दुर्व्यसनीमा फसेको थाहा पाएपछि सुरुमा उनीहरुसँग सम्पर्कमा रहिरहनुपर्छ। उनीहरु डराएर, लुकेर खाइरहेका हुन्छन्। कतिपयलाई छोड्न लागे पनि उनीहरु एक्लै खाइरहेका हुन्छन्। घरपरिवारको डरले कसैलाई ल्याउन चाहदैनन्। यसैले बच्चा र परिवारको बीचमा राम्रो सबन्ध हुनुपर्छ।

कसैले चुरोट खाएर आयो भने पनि आज मेलै चुरोट खाएँ भन्ने स्थिति छ भने तपाईंले आफ्नो छोराछोरीलाई त्यत्ति बेलानै रोक्न सक्नुपर्छ। परिवारले छोराछोरीलाई दबाएर राख्ने हो भने उनीहरुले आफ्नो समस्या परिवारलाई कहिल्यै भन्न सक्दैनन्।

हरेक कुरामा साथ दिनुपर्छ। छोराछोरीसँग हरेक कुरा सेयर गर्ने गर्नुपर्छ। साथीको व्यवहार छोराछोरीमा गरियो भने समस्या कम गर्न सकिने न्युरो मनोचिकित्सक डा. प्रदीप पाण्डेको भनाइ छ।

लागूपदार्थको साटो स्वास्थ्य जीवनको बाटो पहिचान गर्नु नै आजको आवश्यकता हो।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ३१ बजे

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

रसुवा– उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ

लैनो गाईको फाँचोमा पुगेको किर्नोलाई रगतकै रस

कथा यसरी शुरु हुन्छ- एक अति जिद्दी बालकले बाबुआमासँग छेपारो

महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर

महोत्तरी– महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन