'कांग्रेसलाई राम्रो बनाउन चौकिदारी गरिरहेका छौँ' | Khabarhub Khabarhub

‘कांग्रेसलाई राम्रो बनाउन चौकिदारी गरिरहेका छौँ’

‘सभापति देउवाविरुद्ध आग्रह, आक्रोश, विरोध र विद्रोहको चरणमा आन्दोलन’


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समानुपातिकतर्फको बन्द सूचि बुझाएसँगै दलहरू मङ्सिर ४ को निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवार छनोटको अन्तिम चरणमा रहेका छन् । सत्ता गठबन्धनभित्र अझै पनि कसले कति सिट पाउने र कुन नेता कुन क्षेत्रबाट लड्ने भन्ने कुरा टुङ्गिएको छैन । निकै पेचिलो बनेको सत्ता गठबन्धनभित्रको सिट बाँडफाँडको विषय थप पेचिलो हुने सङ्केत देखिएको छ । नेपाली कांग्रेसभित्र शेखर कोइराला र गगन थापाको समूहले विद्रोह गर्ने चेतावनी दिएपछि सत्ता गठबन्धन भित्र खैलाबैला मच्चिएको छ । सत्ता गठबन्धनविरुद्ध सार्वजनिक रूपमै विरोध र आन्दोलनमा उत्रिएको शेखर कोइराला पक्षका नेता गुरुराज घिमिरेसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसभित्र यसरी विवाद बढ्नुको कारण के हो ?
हामीले लोकतान्त्रिक शासन प्रणालीमा लोकतान्त्रिक मूल्य मान्यता विश्वास गर्नै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो कार्यकालाई राज्य सञ्चलनको तहमा पुर्‍याउनको निम्ति जनताको बिचमा उपस्थित गराउँछ । वा प्रतिस्पर्धाको लागि तयार बनाउँछ । त्यसरी दिँदा कार्यकर्ताको योग्यता क्षमताका आधारमा अवसर दिनु पर्दछ । तर अहिले पार्टीले बन्द सूचि प्रकाशित गर्दा र चौधौँ महाधिवेशनपछि अवसर प्रदान गर्दा एकांकी रूपबाट अवसर दिने काम हुँदै आयो । चौधौँ महाधिवेशनपछि दोस्रो पटकका लागि सभामुख हुनु भएका हाम्रो सभापतिले सबैलाई लिएर अगाडि बढ्छु भन्नुभयो । त्यसलाई हामीले विश्वास गरेका थियौँ । तर अहिले उहाँले आफ्नो पक्षलाई मात्र अवसर दिने काम गर्नु भयो । त्यसैले यो निर्वाचनमा हामीले विपक्ष दलसँग प्रतिस्पर्धा गरेर जाँदै छौँ ।

यस्तो बेलामा कार्यकर्ताहरुको मन दुखाएर अवसर पउने ले नपाउँदा कसरी अगाडि बढिन्छ । यो लोकतन्त्रको आधारभूत स्वार्थ हैन । हामीले आफैले आज लोकतन्त्रलाई धरापमा पारेका छौँ । योग्यता क्षमता कसले कस्तो अवस्थामा पार्टीको काम गरेको छ ? त्यसलाई जनताले पनि हेरेको हुन्छ । जनताको सामु लोकतन्त्रका हिसाबले हरेक कुराले लायक हुनुपर्दछ त्यसैको कारणले हामीले मत धेरै ल्याउने न ल्याउने हुन्छ यसले प्रत्यक्षलाई पनि ठुलो असर पारेको छ । सही काम गर्नुपर्‍यो  घोषणा हुने बित्तिकै सबै कुरा हासिल हुँदैन ।

सारमा भन्नु पर्दा तपाईँहरूले भाग पाउनु भएन, जसका कारण यो सबै भयो ?
हैन, यो त आन्तरिक एकतालाई सम्बन्धित बनाएर लैजाने हो । अझ कसरी राम्रो बनाउने भनेर हामीले चौकीदारी गर्न खोजेका हौँ ।

तपाईँले भने जस्तै गरी उस्तै पर्‍यो भने गठबन्धनलाई असहयोग गर्न तपाईँहरू तयार हो ?
हामीले भनेका छौँ यो आग्रहको चरण, आक्रोशको चरण, विरोधको चरण र विद्रोहको कारण गरेर ४ चरणमा हाम्रो कार्यक्रमलाई विभाजन गरेका छौँ । अहिले हामी विनम्रको चरण सकिएर आक्रोशको चरण र विरोधको चरणमा आज जाँदै छौँ । उहाँहरूले यो खेलाँची र ख्याल ख्याल ठान्दै हुनुहुन्छ । यो हाम्रो मात्र आवाज हैन, समग्र जनताको आवाज हो । यसलाई सामान्य ठान्दा यसको अवस्था निकै भयावह बन्छ । पार्टी र कार्यकर्ताको बलमा उभिएको पार्टी हो । यो दायाँबायाँ गरेर के गर्दछ ? यसले भन्यो भने त्यसको परिणाम राम्रो हुँदैन । चाँडो भन्दा चाँडो सम्बोधन हुनपर्‍यो  ।

सभापति देउवा तपाईँहरूसँग छलफल गर्न किन चाहनुहुन्न ?
उहाँले जे गरे पनि हुन्छ । हामी जुँगा नआउँदा नै लोकतन्त्रको लागि मैदानमा उत्रिएका हौँ । हाम्रो भूमिका जनताले बुझेका छन् । जनताले हाम्रो मूल्याङ्कन गर्नेछन् ।

यो सबै समस्या आउनुका पछाडि सभापति देउवा हो कि गठबन्धन ?
गठबन्धन पहिलो हो । पहिला हामी एक्लै थियौँ । तर गठबन्धन गर्ने भनेपछि हामीले त्यसमा सहमति जनाउनु पर्ने अवस्था आयो । पार्टीभित्र गरिएको निर्णयमा हामीले सहमति जनायौँ । गठबन्धनका कारण हामीले प्राप्त गर्ने अवसरहरू घटेका छन् । त्यो पनि हामीले आवाज उठाएनौँ भने के हुन्छ त ? यसमा गठबन्धनलाई नै मुख्य कारण भन्न मिल्दैन । अवसरबाट वञ्चित त आफ्नोले नै गर्ने हो । पार्टी भित्र को अवसरको न्यायको बाटोमा हिँडौँ भनेर हामीले भन्यौँ ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : २७ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार