‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’ | Khabarhub Khabarhub

‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै थिए । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त छन्। “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गाग्री आएकाले त्यसको माग छैन”,उनले भने, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।”

अहिले उनको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उनले बताए । पछिल्लो मागअनुसार प्लेट, कपहरू पुर्‍याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उनले भने, “तर हामीले माग भएअनुसार पुर्‍याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ ।

माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उनको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेसाप्रति चासो नदिँदा पेसा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताए। “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बुढापाकाले यो पेसा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेसा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उनले भने, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”

माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उनले बताए । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् ।

हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरूले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भने, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उनको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् ।

कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालो खोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि  त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : १२ बजे

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव

शशांकको प्रस्ताव- संविधानमा धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता राखौँ, प्रतिनिधिसभा प्रत्यक्ष प्रणालीको बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधनको एजेन्डालाई

दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायाङ्कन

काठमाडौं– यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायाङ्कन सुरु भएको

पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी

गण्डकी– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

तानसेन– यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम