चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै  « Khabarhub

चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ- काम छाडेर ठेकेदार बेपत्ता भएपछि पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ ।

पुष्पलाल मध्य पहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडौँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो । वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाध रुपमा सवारी साधन सञ्चालनमा ल्याउने गरी सडक मर्मत सुरु गरिएको पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालयले जनाएको छ ।

विशेषगरी दशैंतिहार र छठ जस्ता चाडबाडको बेला हुने आवात–जावतलाई मध्यनजर गर्दै बिहीबारदेखि सडक मर्मत सुरु गरिएको सव–इन्जिनियर केशव पौडेलले बताए । निर्माण व्यवसायी सडक कालोपत्रेको काम अलपत्र छाडेर नफर्किएकाले स्वयं पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाले निर्माण कम्पनीको दायित्वभित्रको काम सुरु गरेको हो ।

सडक मर्मतका विषयमा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, डीएसपी मञ्जिल मुकारुङ लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

काठमाडौँ–खोटाङ–भोजपुर यात्रा गर्ने यात्रुले सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुने गरेको स्थानीय बताउँछन् ।

चखेवाभञ्ज्याङबाट सेखुवा हुँदै दिक्तेलसम्मको (४६ किलोमिटर) सडक खण्ड मर्मत गरिने सव–इन्जिनियर पौडेलले बताए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र काम भएको छ । तेस्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको थियो ।

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ३३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल