दसैँ नजिकिएसँगै किसानलाई अलैँची भित्र्याउन चटारो « Khabarhub

दसैँ नजिकिएसँगै किसानलाई अलैँची भित्र्याउन चटारो


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमका  किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैँ नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ । अलैँची बिक्री गरेर दसैँतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् ।

छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । दसैँ खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा बिक्री गर्न बाध्य रहेको उनले बताए ।

सरकारले अलैँचीका लागि निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको किसान टीकाराज लिम्बुको भनाइ छ ।

यहाँका किसानले ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । स्थानीय बजारमा अहिले २४ हजारदेखि २८ हजारसम्म प्रतिमन अलैँची बिक्री हुँदै आएको छ ।

जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप,आङदिम हमरजुङ लगायतका स्थानमा अलैँची खेती हुँदै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र