सरुवा रोग विशेषज्ञ डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने « Khabarhub

सरुवा रोग विशेषज्ञ डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ।

एसोसिएसनले डा. पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा. पुनलाई प्राणघातक सङ्क्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।

पुरस्कार राशिसहित तामप्रत्रबाट डा. पुनलाई सम्मान गरिने एसोसिएसनले सोमबार डा. पुनलाई पठाएको पत्रमा उल्लेख छ। पुस ७ गते नेपालमा विशेष समारोह आयोजना गरी डा. पुनलाई उक्त पुरस्कार प्रदान गरिने एसोसिएसनले जनाएको छ । 

आफूलाई पुरस्कार प्रदान गर्ने निर्णयले सेवाको भावनाबाट विचलित नहुन थप प्रेरणा मिलेको डा. पुनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : २८ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको