नगरपालिकाद्वारा ठेला व्यवसाय हटाइँदै « Khabarhub

नगरपालिकाद्वारा ठेला व्यवसाय हटाइँदै


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगरपालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । 

घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले एक महिनाभित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफूल र चनाचटपटलगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडालगायतका सामग्री बोकेर घरघरमा डुल्ने पोके व्यापारीलाई हटाउने निर्णय गरेको हो । 

‘एउटाले ५० हजार भाडा तिरेर सटरमा फलफूल व्यवसाय गर्छ, नगरपालिकालाई करसमेत तिर्छ तर उसैको अगाडि सडकमा ठेला व्यवसायले धमाधम फलफूल बिक्री गर्दछ, उस्को व्यवसाय न दर्ता हुन्छ न कर नै तिर्दछ’, नगर प्रमुख श्रेष्ठले भने। ‘एक महिनाभित्रै आफैँ हट्न भनेका छौँ, नहटे नगरले हटाउँछ’, उनले भने। 

बजारभन्दा बाहिरबाट खरिद गरेर गाउँगाउँमा बिक्री वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । बागलुङ बजारमा एक सयभन्दा बढी बिना दर्ताका ठेला व्यापारी रहेको नगरपालिकाको भनाइ छ । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ३८ बजे

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते