निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा « Khabarhub

निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् । 

भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टीकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट रु छ करोड ९९ लाख राजस्व संकलन हुने देखिन्छ । एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन खर्च नबुझाएको कार्यालयले जनाएको छ । 

त्यस्तै नगरपालिका प्रमुख, उपप्रमुख उम्मेदवार बनेका पाँच जनाले पनि खर्च विवरण बुझाएका छैनन् । नगरपालिका प्रमुख, उपप्रमुखका उम्मेदवारबाट २२ लाख ५० हजार र नगरका वडाध्यक्ष तथा अन्य सदस्यबाट तीन करोड ३९ लाख जरिवाना उठ्ने आयोगले जनाएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ५१ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका