पार्टीलाई जिताउने गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन  | Khabarhub Khabarhub

पार्टीलाई जिताउने गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए । 

‘आ-आफ्नो गृह जिल्ला पुगी बडादशैँ उल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको  निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशील हुनुहुन निर्देशन गरेको छ,’ उनले भने । 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ०५ बजे

टिपरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर

केरामा देखिएको रोग नियन्त्रण गर्न माग

टीकापुर– कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने

काठमाडौं- सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन हुने भनिएको

जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत

जनकपुरधाम– विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

बैतडी– बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ