तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई « Khabarhub

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तातोपानी– नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको  छ ।

लार्चास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको उद्घाटन सोमबार च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष तथा पूर्वपर्यटन राज्यमन्त्री डा। राजेशकाजी श्रेष्ठले गरे । सो क्रममा उनले भने, ‘चीनतर्फ सानो समस्या आउने बित्तिकै नाका बन्द गर्ने गरेको छ । तर नेपाल सरकारले आफ्नो क्षेत्रमा सडक समेत मर्मत नगरेर झनै समस्या बनाएको छ ।’ 

ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडका डाईरेक्टर रमेश शेर्पाले सुख्खा बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारीका लागि आफू एक्लैले गर्न सक्ने भए पनि विराटनगरको ट्रान्स नेपाल जेबी कम्पनीको समेत फर्म राखेर टेन्डर प्राप्त गरेको बताए । 

यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको ११ जेठमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन हालेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको हो ।

ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउने छ । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोडअनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ ।

आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिएको इन्टर मोडेल यातायात विकास समितिले यसअघिनै घोषणा गरिसकेको थियो । 

तातेपानी नाका आंशिक रुपमा खुल्ला भएसँगै अहिले तातोपानी नाकाबाट चीनतर्फ रोकिएका कन्टेनर भित्रिन थालेका छन् । दसैँतिहारको मुखमा व्यापारीले सोचेअनुसार सामान भित्र्याउन नपाउँदा कतिपयले विकल्प समेत सोच्न थालेका छन् ।

विषेश व्यापार हुने समयमा आवश्यक सामग्री बोकेका कन्टेनर नभित्रिँदा व्यापारीहरूले हरेक वर्ष समस्या झेल्दै आइरहेका छन् । साथै, नाकाको सडक वर्षौँदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान अझै सकेको छैन ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ४८ बजे

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा