केराको बिमा रकम नपाएपछि किसान आन्दोलित « Khabarhub

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । 

बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखेसो छ । उनीहरूले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

पटकपटक माग गर्दा पनि बीमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन अब दशैँ मनाउने पैसा समेत किसानसंग छैन, समयमै केराको बीमाको रकम नपाए बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको अवस्था भएको किसान साधुराम खरेलले बताए । उनले दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने बताए । 

यस्तै बिमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरूको अर्को टोली काठमाडौँ पुगेको छ । टोलीले आइतबार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बिमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।

तत्कालीन हिमालयन इन्स्योरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्योरेन्समार्फत निजगढका किसानले केरा खेतीको बिमा गरेका थिए । निजगढका किसानहरूले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सम्झौताअनुसार बिमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरूले सबै प्रकृया पूरा गरेर सोही समयमा बिमा रकम दाबी गरेका हुन । गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्य बराबरको केरा खेती नष्ट गरेको थियो । 

स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन् ।

केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ११ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद