यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा « Khabarhub

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियानलाई तीव्र पारेको छ । चाडबाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो ।

ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, ट्याङकरलगायतका २५ सवारी साधनलाई कारबाही गरिएको र १४ गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त अभियानमा तालिम प्राप्त प्राविधिकसहितको टोली परिचालन गरिएको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियन्त्रणमा लिइएका १४ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइने जानकारी दिए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने र यात्रुको जीवन जोखिममा पर्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियान सुरु गरिएको उनले बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली आज ललितपुरको सातदोबाटो क्षेत्रमा खटिएको थियो । गएको भदौ १५ गतेदेखि प्रहरीले अभियानकै रुपमा कारबाही अभियान थालेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २८ बजे

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश

यार्सागुम्बा संकलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

गोरखा– यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर

‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’ 

एजेन्सी– युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको