पर्यटन प्रवद्धनका लागि पदयात्रा « Khabarhub

पर्यटन प्रवद्धनका लागि पदयात्रा


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व पर्यटन दिवसका अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको उजागर गर्ने उद्देश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एकदिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मीकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसी पुगेर सम्पन्न भएको हो ।

पदयात्रा समापन गर्दै नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्रभित्रका रहेको बताउँदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए ।

उनले नगरपालिकाले आगामी २०८२ सालमा चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा यस वर्षको नगरसभाले गरेको बताउँदै त्यसअघि नै नगरपालिकाले सबै पर्यटकीय गन्तव्यलाई पर्यटकको नजरसम्म पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ५० बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल