पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो « Khabarhub

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा फेरि अल्पसङ्ख्यक अहमदिया समुदायका मानिसहरुको चिहान भत्काइएको पाइएको छ ।

हालैमात्र पाकिस्तानको लाहोर सहरबाट १५० किलोमिटर टाढा रहेको फैसलावादमा अज्ञात व्यक्तिहरुले अहमदियाहरुको १६ वटा चिहान भत्काएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अहमदिया समुदायका प्रवक्ता अमिर महमुदले ७५ वर्षमा पहिलो पटक सो क्षेत्रमा अहमदियाहरुको चिहान भत्काइएको बताए । उनका अनुसार सो क्षेत्रमा उग्रवादी इस्लामिक धर्मगुरुहरुले हालैमात्र अहमदियाविरुद्ध उत्तेजक प्रवचन दिएका थिए ।

यसअघि पनि पाकिस्तानका विभिन्न स्थानहरुमा अहमदिया समुदायको चिहान भत्काइएको समाचार सार्वजनिक हुँदै आएका छन् ।

इस्लाम धर्म मान्ने भएपनि पाकिस्तानले अहमदियाहरुलाई मुसलमानको सूचीमा नराख्ने गरेको बताइन्छ ।

अल अरबिया पोस्टका अनुसार पाकिस्तानी अपराध संहिताको २९८ धारामा अहमदियाहरुका लागि आफूलाई मुसलमान भन्न र आफ्नो आस्थाको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ४२ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी