छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना | Khabarhub Khabarhub

छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ ।

लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए । ‘गौ–सेवा अक्षयकोष स्थापना गर्नका लागि घर, पसलमा खेर गएका, टुटेफुटेका भाडाकुँडा, प्लास्टिक बोतल, कागज सङ्कलन गरिरहेका छौँ’ उनले भने, ‘हामी गाडी लगेर आफैँ घर घर पुग्दैछौँ, त्यहाँबाट कबाड सङ्कलन गरेर बिक्री गर्छौं ।’

फोहरबाट मोहर बनाएर छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिने उनले बताए ।

ट्रष्टले अक्षयकोष स्थापनाका लागि दानपेटिका बनाएर स्वेच्छिक दान पनि सङ्कलन गरिरहेको छ ।अक्षयकोष स्थापना पश्चात् सडकमा रहेका चौपायालाई गौशालामा गरिने उनले बताए । ट्रष्टले चार÷पाँच वर्षअघि सडकसडकमा महायज्ञ आयोजना गरेर भीमदत्त–९ ब्रह्मदेवमा चौपाया राख्नका लागि गौशाला निर्माण गरेको थियो । अहिले त्यहाँ एक सय ३० चौपायालाई संरक्षण गरिएको छ ।

अक्षयकोष स्थापनाका लागि केही दिनमा कैलालीको धनगढीमा पनि कबाड सङ्कलन सुरु गरिने ट्रष्टले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ०९ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।