छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना « Khabarhub

छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ ।

लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए । ‘गौ–सेवा अक्षयकोष स्थापना गर्नका लागि घर, पसलमा खेर गएका, टुटेफुटेका भाडाकुँडा, प्लास्टिक बोतल, कागज सङ्कलन गरिरहेका छौँ’ उनले भने, ‘हामी गाडी लगेर आफैँ घर घर पुग्दैछौँ, त्यहाँबाट कबाड सङ्कलन गरेर बिक्री गर्छौं ।’

फोहरबाट मोहर बनाएर छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिने उनले बताए ।

ट्रष्टले अक्षयकोष स्थापनाका लागि दानपेटिका बनाएर स्वेच्छिक दान पनि सङ्कलन गरिरहेको छ ।अक्षयकोष स्थापना पश्चात् सडकमा रहेका चौपायालाई गौशालामा गरिने उनले बताए । ट्रष्टले चार÷पाँच वर्षअघि सडकसडकमा महायज्ञ आयोजना गरेर भीमदत्त–९ ब्रह्मदेवमा चौपाया राख्नका लागि गौशाला निर्माण गरेको थियो । अहिले त्यहाँ एक सय ३० चौपायालाई संरक्षण गरिएको छ ।

अक्षयकोष स्थापनाका लागि केही दिनमा कैलालीको धनगढीमा पनि कबाड सङ्कलन सुरु गरिने ट्रष्टले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको