कास्कीकोट दरबारमा दसैँ उत्सव सुरु « Khabarhub

कास्कीकोट दरबारमा दसैँ उत्सव सुरु


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) का अवसरमा विशेष पूजाआजा हुने प्राचीन प्रचलनअनुरूप उक्त समयलाई नवदुर्गा उत्सवका रूपमा मनाउने गरिएको छ ।

यस समयमा तान्त्रिक र वैदिकरूपमा गुप्तकालिका मन्दिरमा घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ ।

दसैँकै अवसरमा लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । उत्सवका अवसरमा कास्कीकोटमा दसैंको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल, तरबार एवं तोपहरूको पनि प्रदर्शन गरिने उहाँले जानकारी दिए ।

‘संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग गरौँ’ भन्ने नारासहित दसैँ उत्सव गर्न लागिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्कीकोट दरबारमा घटस्थापनाको दिन विधिवत् मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटबाट ल्याइएको फूलपत्र कुँवर जातिको सरुङ खेलसँगै मन्दिरमा भित्र्याउने प्रचलन छ ।

अष्टमीका दिन राति कालरात्रिको पूजा, नवमीका दिन पञ्चबलि र दशमीको दिन गुप्तकालिका मन्दिरमा टीका लगाउने र विधिवत् रूपमा फूल बास्पानीमा लगेर विसर्जन गर्ने प्रचलन रहेको त्रिपाठीले जानकारी दिए।

दसँैका दश दिन दैनिक विभिन्न देवीको पूजा हुने गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास छ । यस समयमा पोखरासहित विभिन्न स्थानबाट यहाँ भाकलसहित पूजाआजा एवं पञ्चबलिका लागि दर्शनार्थी आउने गर्दछन् ।

लामो समयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीले दर्शनसमेत गर्न नपाएको अवस्थामा पूजालाई व्यवस्थित बनाउन पोखरा–२४ वडा कार्यालयले कास्कीकोट दरबारलाई आर्थिक सहयोगसँगै प्रवद्र्धनात्मक सहयोग गरेको वडाध्यक्ष भरतबहादुर अधिकारीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ०३ बजे

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री