बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा « Khabarhub

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्। 

गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चोक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । 

पार्टीले विश्वास र भरोसा गरेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको दुलालले बताए। 

‘प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर भर्खरै सिन्धुपाल्चोक आफ्नो क्षेत्र फर्केको छु’, उनले भने, ‘भोलि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने छु ।’

यता बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले प्रदेशसभा सदस्य दुलालको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको बताए। 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २५ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता