बजारको मिठाई दिएर दाजुभाइलाई बिरामी नपारौँ « Khabarhub

बजारको मिठाई दिएर दाजुभाइलाई बिरामी नपारौँ

‘दिदीबहिनीले बुझ्नैपर्ने कुरा : प्याकेटका खानेकुराले दाजुभाइलाई माया दर्साउँदैन’



काठमाडौँ – तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ। यस पर्वको महत्व नै भाइपूजा हो। भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो। यो चलनलाई जोगाउनुपर्छ।

तर, यो पर्व मनाउँदै गर्दा अहिले आएका विकृतिलाई भने कम गर्नुपर्छ। भाइमसलासँग दिइने मिठाईहरु अस्वस्थ्यकर हुन सक्छन्। मिठाईहरु कस्तो तरिकाले बनाइएको हुन्छ, थाहा हुँदैन। कस्तो तेल प्रयोग गरिएको हुन्छ, थाहा हुँदैन।

बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ, जसले शरीरलाई हानि पुर्‍याउँछ। त्यसले मुटुमा एकदमै धेरै समस्या उत्पन्न गर्छ। मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा झन् समस्या थपिन सक्छ।

त्यसकारण यस किसिमका मिठाईजन्य पदार्थले दाजुभाइको स्वास्थ्यमा नै असर पर्ने गर्छ। सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरौँ। दाजुभाइलाई माया गर्ने हो भने घरमा नै बनाइएका खानेकुरा बढी प्रयोग गरौँ।

साधारण मिठाईहरु त घरमा नै बनाउन सकिन्छ। सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ। सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ।

तिहारको ड्राइफुड्सका विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गर्न सकिन्छ। यिनीहरु स्वास्थ्यवर्द्धक खानेकुरा हुन्। तर, यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन। अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा धेरै राम्रो हुन्छ।

यिनीहरुमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ। यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ। यसको प्रयोगले खानेकुरा मिठो र स्वास्थ्यवर्द्धक हुन्छ।

घरको खानेकुरा सबैभन्दा लाभदायी
यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा लाभदायी हुन्छ। बाहिरबाट ल्याइएका प्याकेटका खानेकुराले दाजुभाइलाई माया दर्साएको हुँदैन।

यसले दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ। यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई माया गरेको नभन्नुस्। हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ। त्यसैले उनीहरुको स्वास्थ्यको ख्याल राख्नु हरेक दिदीबहिनीको कर्तव्य हो।

बट्टाका जुसहरुमा एकदमै धेरै चिनीको मात्रा हुन्छ। अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरुलाई विभिन्न किसिमका समस्या आइपरेका छन्। त्यसमाथि मधुमेहका बिरामीलाई त झनै समस्या हुन्छ।

त्यसैकारणले बारीमा पाइने अम्बा, सुन्तला, अमला, हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ। खानेकुरा घरमा बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ। दाल, भात, तरकारी, माछामासु बनाउँदा नुन, चिल्लोको कम प्रयोग गर्ने गर्नुपर्छ।

सरल र सहज रुपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ।

खानाको सदुपयोग, स्वास्थ्यको ख्याल !
चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रुपमा खानुहुँदैन। खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो। हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ।

चाडपर्वमा आफन्तजन सँगको भेटघाट लगायत विभिन्न कारण हाम्रो खाने समयको रुटिन बिग्रिन्छ। केही दिन रुटिन बिग्रिँदा स्वस्थ युवाको स्वास्थ्यमा केही असर पर्दैन। तर रोगी, वृद्ध र बालबालिकाको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्न सक्ने हुँदा यसमा सचेत हुनुपर्छ।

यस्तै चाडबाडमा हामी मिठाइ कोसेली लिने र दिने गर्छौं। सकभर मिठाइ खानु हुँदैन। बिरामीलाई त यसले असर गर्छ नै, स्वस्थ व्यक्तिलाई पनि यसले अस्वस्थताको बाटोमा लैजान्छ। हामी घरमै चिनी कम हालेर मिठाई बनाएर खान सक्छौं। बाहिरको सकभर खानु हुँदैन।

अलिकति चिल्लो पदार्थ त हाम्रो शरीरलाई चाहिन्छ नै। तर बढी चिल्लो खानुहुँदैन। सेल, पुरी कम खानुपर्छ। विवेकपूर्ण तरीकाले तिहार मनाउन सकिन्छ, जसले गर्दा पछि शारीरिक कठिनाइहरूको सामना गर्नुपर्दैन र चाडपर्वपछि पनि स्वस्थ भई रमाउन सकिन्छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ४० बजे

सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका