३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत | Khabarhub Khabarhub

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो।

विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन। तर, रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल भएका हुन्।

तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए। न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका छन्।

मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरेका छन्।

२०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गरेका थिए भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए। साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरेका थिए।

विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए। तर, २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ।

वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईको भनाइ छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : १८ बजे

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज

म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङ– ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय

आज कुन तरकारी कति मूल्यमा पाइन्छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि