जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च « Khabarhub

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च सङ्ख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।

सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १० विद्यार्थीहरूले आत्महत्या गरेका थिए।

रिपोर्टका अनुसार १९ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूमा आत्महत्याको लागि स्कूलसँग सम्बन्धित मुद्दाहरू सबैभन्दा सामान्य कारक थिए भने स्वास्थ्य र पारिवारिक समस्याहरू थिए ।

आत्महत्या गर्ने केटीको सङ्ख्या २७७ भएको पाइएको छ । यो एक वर्ष अघिको तुलनामा १३ जना कम हो । गत हप्ता आत्महत्या गर्ने विद्यार्थीमा २५५ जना केटा थिए भने योृ अघिल्लो बर्षको तुलनामा १६ जनाले कमी हो ।

जापानमा सन् २०२२ यता बालबालिकामा आत्महत्या गर्ने दर वार्षिक ५०० भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ८ : ३० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त