समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार « Khabarhub

समानुपातिकतर्फ एमालेले २२ लाख मत कटायो : कांग्रेसको २१ लाख ६६ हजार


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समानुपातिक प्रणालीतर्फ नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मत परिणाम अनुसार समानुपातिकमा एमालेले २२ लाख ६९ हजार ११४ मत पाएको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ६६ हजार ४८९ मत पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसले बढी सिट जिते पनि समानुपातिकमा एमाले अगाडि देखिएको हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ४९ हजार ८२० मत पाएको छ भने माओवादीसँग समानुपातिकमा प्रतिस्पर्धा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख १२ हजार ८३१ मत पाएको छ ।

पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार मत पाएको छ भने जनता समाजवादीले दुई लाख ७३ हजार ४८२ मत पाएको छ । सातौं स्थानमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादीले भने दुई लाख १२ हजार ७७ मात्र मत पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ४० बजे

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त