विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा « Khabarhub

विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा

पहिलो खेल जापान र कोस्टारिकाको


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल राति ९:४५ बजे सुरु हुनेछ। आइतबारको अन्तिम अर्थात् चौंथो खेल भने मध्यराति १२:४५ मा हुनेछ। यो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणमै स्पेन र जर्मनीको भेटलाई महत्त्वका साथ हेरिएको छ।

शनिबारसमेत चार खेल भएका थिए। पहिलो खेलमा अष्टे«लिया विजयी भएको थियो छ। अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो। शनिबारको दोस्रो खेलमा पोल्याण्ड विजयी भएको छ। साउदी अरबलाई २-० गोलले पराजित गर्दै पोल्याण्ड विजयी भएको हो।

तेस्रो खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले हराएको छ। शनिबार राति नै भएको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसेल रङ्गशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले पराजित गरेको हो।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ०८ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६