सार्वजनिक कार्यक्रममा देखिए इमरान खान | Khabarhub Khabarhub

सार्वजनिक कार्यक्रममा देखिए इमरान खान


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन्।

पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे। नोभेम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए।

पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो। उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन्।

रावलपिंडीमा भएको र्‍यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए। खान भने केही समय ढिलो कार्यक्रममा उपस्थित भएका थिए। ‘तीन अपराधी’ले  आफूमाथि अर्को हत्या प्रयास गरेको उनले बताए।

आफ्नो भाषणको क्रममा खानले आफ्नो प्रधानमन्त्रीको समयमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको स्वीकार गरे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : १५ बजे

चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु

बेइजिङ । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) र शिक्षा तथा नागरिक

इच्छाकामनामा कृषि एम्बुलेन्स सञ्चालन

नारायणगढ– कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्‍याउन

आजका समाचार : रास्वपा सकिक्ने मुकुलको चेतावनी, रवि जोडिएको मिडियामाथि छानबिन थालियो 

संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन, माग्यो नौ सहकारीको विवरण

अष्ट्रेलिया पुगे जुलियन असान्ज

काठमाडौं – विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी